मंगलवार, आश्विन १,२०८१ 01:08:27
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:08:27
IME remit
Global IME Bank Limited

पूँजीबजारलाई सम्बोधन गर्नुअघि विशेष गृहकार्यमा बालुवाटार, प्रधानमन्त्रीसम्म पुगे सुझावै-सुझाव

Hyundai Nepal
पूँजीबजारलाई सम्बोधन गर्नुअघि विशेष गृहकार्यमा बालुवाटार, प्रधानमन्त्रीसम्म पुगे सुझावै-सुझाव
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईलाई ब्रेक गर्ने दिशातर्फ उन्मुख भएकै बेला लगानीकर्ताको मनोबल उच्च बनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म थप सक्रिय देखिएका छन् ।  

पूँजीबजारमा देखिएको उत्साहलाई त्यसै मर्न नदिन र यसलाई दिगो तथा थप परिपक्व बनाउने उद्देश्यले अर्थमन्त्री निरन्तर सक्रिय देखिएका छन् । उनले पूँजीबजारमा देखिएका समस्याहरुको समाधान, विकृति अन्त्य र दिगोपनाका लागि नीतिगत, प्रविधिगत सुधारहरु गर्ने पटक–पटक वचन दिंदै आएका छन् । आफूले दिएको वचनअनुसार नै धितोपत्र बजारसम्बन्धी कानून संसोधनदेखि बजारका समस्या पहिचान र त्यसका समाधानका लागि भित्रभित्रै काम गरिरहेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उनले अर्थमन्त्रालयको टिमलाई नै बजारलाई बलियो बनाई उत्साहलाई कायमै राख्ने दिशामा केन्द्रीत भएर काम गर्न पटक पटक निर्देशन नै दिइसकेका छन् । सो क्रममा अर्थमन्त्री विष्णु पौडेलले बजारको प्रमुख नियामक धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्त गरिसक्ने सार्वजनिक वचन नै दिइसकेका छन् ।  

अर्थमन्त्रीको यो सकारात्मक कदमको प्रभाव बजारमा निकै राम्रो परेको र सरकारले पूँजीबजारका लगानीकर्तामा देखिएको बढ्दो आत्माबलका कारण निकै ठूलो राहातको महसुस गरिरहेकोले स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली समेत भित्रभित्रै यसको समस्या समाधानका लागि र पूँजीबजारलाई विशेष प्राथमिकतामा राखी सम्बोधनका लागि आवश्यक गृहकार्यमा छन् ।  

गत एक महिनामा बढेको बजारका कारण लगानीकर्तामा उत्साहको माहौल मात्र बनेको छैन, यसले सरकारी ढिकुटीमा जाने राजश्वमा समेत उछाल आएको छ । अघिल्लो आर्थिक वर्ष सरकारले एक वर्षमा पूँजीबजारबाट पाउने लाभकर करिब एकै महिनामा पाएको छ । पूँजीबजारको देनका कारण गत वर्षको तुलनामा यो वर्षको साउन महिनामा सरकारको राजश्व वृद्धि भएको आँकडा बाहिर आएको छ । पूँजीबजारमा आएको उत्साहकै कारण रियलस्टेट पनि बिस्तारै चल्न थालेको बैंकरहरुले अर्थमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म खबर पुर्याएका छन् । यसबाट समेत प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म कुनै पनि हालतमा बजारमा देखिएको उत्साहलाई टिकाउने पक्षमा छन् ।  

पूँजीबजारको उत्साहलाई कायम राख्न र अझ दिगो बनाउन सकिए यसबाट राजश्वमा उछाल आउने मात्र नभई यहाँको माहौल रियलस्टेट, निर्माण क्षेत्र हुँदै अर्थतन्त्रका अन्य अवयवहरुसम्म पुग्ने विश्लेषणसहित पछिल्लो समय प्रधानमन्त्री ओली समेत विज्ञहरुसँग निरन्तर छलफलमा रहेका बालुवाटारस्थित उच्च स्रोतले जनाएको छ । सचिवालयको सम्पर्कमा रहेका केही विश्लेषकहरुसँग लिखित रुपमै बजार सुधार र समस्या समाधानको सुझाव मागिएको छ ।  

सचिवालयको सम्पर्कमा नरहेका बजारका राम्रा विश्लेषकहरुको समेत प्रधानमन्त्री कार्यालयले खोजी गर्न थालेको छ । दुई दिनअघि प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बिजशालालाई सम्पर्क गरी पूँजीबजारका समस्या र तिनको समाधानको उपाय राम्रोसँग विश्लेषण गर्नसक्ने विज्ञहरुको नामावली नै मागेको थियो । सचिवालयका ती सदस्यले त्यसबेला बिजशालासँग भनेका थिए–‘चाँडोभन्दा चाँडो प्रधानमन्त्रीबाट अर्थतन्त्र र पूँजीबजारलाई विशेष सम्बोधन हुने सम्भावना छ । अर्थतन्त्रको ऐनाको रुपमा देखिएको र सुस्त सबै सेक्टरलाई सक्रिय बनाउनसक्ने पूँजीबजारको विषयमा उहाँको विशेष चासो छ । उहाँले पूँजीबजारलाई समेत विशेष रुपमा सम्बोधन गर्न खोज्नुभएको छ । यहीकारण बजारका स्वतन्त्र र सन्तुलित रुपमा विश्लेषण गर्नसक्ने, सही समस्याको पहिचान गर्नसक्ने र समाधानको उपाय सुझाउन सक्ने केही विज्ञको नाम दिएर सहयोग गरिदिनपर्यो । हामीलाई एक–दुई दिनमै सुझावहरु चाहिएका छन् ।’  

ती सचिवालय सदस्यको भनाईमा प्रधानमन्त्री केपी शर्मा ओलीसम्म नेप्से परिसूचक चाँडै अलटाईम हाईलाई ब्रेक गरेर अगाडि बढ्ने विश्लेषण बजारबाटै पुगिसकेको छ । यहीकारण समेत बालुवाटारमा पूर्व प्रतिबद्धताअनुसार नेप्सेले अलटाईम हाईलाई ब्रेक गरेपछि केक काटेर उत्सव मनाउने सम्भावित कार्यक्रमस्थलको विषयमा समेत कुराकानी हुन थालेको छ ।  

नेप्से अलटाईम हाईलाई ब्रेक गरेर माथि पुग्नसक्ने सम्भावना बढ्दै गएपछि र त्यो समयमा लगानीकर्ताको मनोबललाई थप मजबुत बनाउन प्रधानमन्त्री स्वयम्ले एमाले निकट निजी क्षेत्रको प्रतिनिधि, लगानीकर्ताहरुलाई बालुवाटारमा बोलाएरै केक काट्ने खबर प्रवाह गरेपछि उत्साहित एमाले निकटका केही ब्रोकरहरुले समेत कार्यक्रमस्थल र त्यसबेलाको कार्यक्रमको सम्भावित खाकाको विषयमा छलफल गर्न थालिसकेका स्रोत दाबी गर्छ । अलटाईम हाई ब्रेक गरेपछि बालुवाटरमै केक काट्ने कि ब्रोकरहरुको समन्वयमा अन्य कुनै फराकिलो स्पेशमा विशेष कार्यक्रम आयोजना गरी उत्सव मनाउने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।  

‘बजारका लागि चौतर्फी माहौल निकै राम्रो छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म, निजी क्षेत्रदेखि सामान्य लगानीकर्तासम्मको मनोबल उच्च छ । सरकार नै बजारको समस्या शीघ्र समाधानमा प्रतिबद्ध देखिएकोले अब बजार निकै माथिल्लो विन्दूसम्म जानसक्ने सम्भावना देखिन्छ ।’–स्रोत भन्छ ।

यसैबीच, एमाले निकट उद्योगी व्यापारीको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी शुक्रबार(भदौ ७ गते) बिहान ११ बजे काठमाण्डौको बानेश्वरस्थित एभरेष्ट होटलमा अर्थतन्त्रको विस्तार र विकास शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।  

सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने र सोही कार्यक्रममा समेत उनले पूँजीबजारसहित अर्थतन्त्रका मुख्य पिलरहरुको विषयमा विशेष सम्बोधन गर्ने आयोजकको दाबी छ ।  

सो कार्यक्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा लगायतको समेत सहभागिता रहने बताइएको छ ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X