काठमाण्डौ। वीर अस्पतालमा अवरुद्ध भएको विद्युत् २४ घण्टापछि सुचारु भएको छ।
बुधबार बिहान करिब १० बजेदेखि नै ट्रान्समिटर पड्केर अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ।
२४ घण्टा विद्युत् अवरोध हुँदा दन्त विभागको सेवा केही अवरोध भएको थियो।
इमर्जेन्सी उपचार सेवामा जेनेरेटरको प्रयोग गरिएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।