रसुवा बाढीका घाइतेका लागि वीर अस्पताल ‘फुल अलर्ट’, १०० गम्भीर बिरामी सम्हाल्ने तयारी
काठमाण्डौ । रसुवामा आएको भीषण बाढीबाट ठूलो संख्यामा घाइते हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै वीर अस्पतालले आकस्मिक उपचारदेखि आईसीयू र भेन्टिलेटरसम्मका सेवा ‘फुल अलर्ट’मा राखेको छ।अस्पतालले एकैपटक ठूलो संख्यामा घाइते आइपुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आकस्मिक कक्ष, आईसीयू, भेन्टिलेटर, रक्त बैंक, औषधि तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको विशेष व्यवस्थापन...

