काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आज समाप्त हुने भएको छ। संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।
संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ ७ गते बाँडफाँड गरिएको थियो ।
सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था भएबमोजिम उक्त सेयर लक इनमा राखिएको संस्थाले जनाएको छ ।
लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने संस्थाले स्पष्ट पारेको छ ।