काठमाण्डौ । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा भीषण वर्षापश्चात आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । शनिबार राति लेकखर्कमा आएको पहिरोमा परी ११ जना बेपत्ता भएका हुन् ।
यस्तै पहिरोले ४ वटा घर बगाउनुका साथै गाउँ जाने बाटोसमेत क्षतिग्रस्त बनाएको छ । जस कारण उद्धारमा कठिनाई आईरहेको छ । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । यो पुलले वडा नम्बर २ र ३ जोड्ने काम गर्दै आईरहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।