शनिबार, असार २०,२०८३ 01:17:50
Bizshala
  • शनिबार, असार २०,२०८३ 01:17:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैज्ञानिक भन्छन् - ‘मंगल ग्रहमा १ लाख ५० हजार टन पानी र हिउँ रहेको छ’

Laxmi Sunrise Bank Limited
वैज्ञानिक भन्छन् - ‘मंगल ग्रहमा १ लाख ५० हजार टन पानी र हिउँ रहेको छ’

काठमाण्डौ। पृथ्वीबाहेक ब्रम्हाण्डमा जिवनको अस्तित्व रहन सक्ने भनिएको रातो ग्रह मंगलका बारेमा विभिन्न रोचक कुराहरु वैज्ञानिकले पत्ता लगाइरहेका छन्।

एजेन्सीका अनुसार  गत मार्च ५ तारेखमा मंगल खोज अभियानका लागि नासाले यान प्रक्षेपण गरेको थियो। उक्त ठाउँ मंगल ग्रहको भूमध्य रेखाको नजिक पर्दछ। इनसाइट मिसनको उद्देश्य मंगल ग्रहको जमिनभित्र लुकेको रहस्यको खोजी गरी अधिक जानकारी जुटाउनु रहेको छ।

मंगल ग्रहको अग्लो पहाड ओलम्पस मोन्समा फुटेको अण्डाजस्तो भाग देखिएपछि हाल यसका बारेमा धेरै अड्कलहरू हुन थालेका छन्। मंगल ग्रहको जाडो याममा यो तस्बिर खिचिएको बताइएको छ। 

जसमा एकाबिहानै अण्डा फुटालेर पकाउन लागेजस्तो तस्वीर देखिएपछि यो तस्वीरको अर्थ के हुन सक्छ भनी अनुमान हुन थालेको हो। केही वैज्ञानिकले मंगल ग्रहमा नियमित रूपमा ज्वालामुखी फुट्ने र त्यो ज्वालामुखीले यस्तो देखिएको अनुमान गरेका छन्। 

New Office
CG Motors
Garima Development Bank

यसलाई हाम्रो सौर्यमण्डलकै सबैभन्दा अग्लो ज्वालामुखी पहाडका रूपमा बुझिरहेकाका छन्। यो तस्वीरलाई युरोपेली स्पेस एजेन्सीले सार्वजनिक गरेको हो। यो ज्वालामुखी पहाडमा कचौराजस्तो आकार देखिएको छ र बीचमा अण्डाको सेतो भागजस्तो पनि देखिएको छ। 

यो सेतो भाग हिउँ हुनसक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्। यहाँ १ लाख ५० हजार टन पानीयुक्त हिउँ रहेको अनुमान गरिएको छ। अध्ययनअनुसार यस क्षेत्रमा हावाको गति सुस्त रहेको तर वरिपरिका क्षेत्रमा तुलनात्मक रूपमा बढी हावा चल्नेसमेत वैज्ञानिकहरूले अनुमान गरेका छन्।

यस्तै, यहाँ अत्यधिक चिसो, धूलोको आँधी तथा तीव्र हुरीजस्ता प्राकृतिक प्रक्रियाहरु मंगल ग्रहमा निरन्तर भइरहन्छन्। गर्मीमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र जाडोमा शून्यबाट घटेर माइनस १४० डिग्री सेल्सियस सम्म पुग्दछ। 

यस्तै मंगल ग्रह पृथ्वीभन्दा आकारको हिसाबले झण्डै आधा सानो छ। यसको व्यास ४२२० माइल रहेको छ। वजनको हिसाब गर्दा मंगलको तौल पृथ्वीको भन्दा दश गुणा कम रहेको वैज्ञानिकहरुले बताएका छन्।

वैज्ञानिकका अनुसार पृथ्वीमा ३ सय ६५ दिनको एक वर्ष हुन्छ। तर मंगल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ । यसको मतलब मंगलले सूर्यको एकपटक परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। - एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.