काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज घिउ सिमीको मूल्य भने सर्वाधिक बढेको छ ।
आज घिउ सिमी(लोकल)को औषत मूल्य ५७.१४ प्रतिशतले बढेको छ । घिउ सिमी लोकलको औसत प्रतिकेजी मूल्य ११० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको औसत प्रतिकेजी मूल्य ७० रुपैयाँ थियो ।
यस्तै आज घिउ सिमी(हाइब्रिड)को मूल्य पनि ५७.१४ प्रतिशतले बढ्दै प्रतिकेजी औषत मूल्य ११० रुपैयाँ कायम भएको छ । गोलभेडा सानो(टनेल)को मूल्य पनि ४ प्रतिशतले बढेर ३७ रुपैयाँ, काउली(स्थानिय)१३ प्रतिशतले बढेर १०८ रुपैयाँ, बोडी तने ३९ प्रतिशतले बढेर ९५ रुपैयाँ, परवल(लोकल)१८ प्रतिशतले बढेर ६५ रुपैयाँ,परवल(तराई)३६ प्रतिशतले बढेर ६५ रुपैयाँ, घिरौला २५ प्रतिशतले बढेर ४५ रुपेयाँ, च्याउ(कन्य)७ प्रतिशतले बढेर १७६ रुपैयाँ, च्याउ(डल्ले)३१ प्रतिशतले बढेर ४२६ रुपैयाँ, काक्रो(लोकल)३८ प्रतिशतले बढेर ७५ रुपैयाँ,काक्रो(हाईब्रिड)५ प्रतिशतले बढेर ३५ रुपैयाँ, रुख कटहर ९ प्रतिशतले बढेर ९५ रुपैयाँ र लसुन हरियो ३७ प्रतिशतले बढेर २२६ रुपैयाँ निर्धारण भएको छ ।
आज गोलभेडा ठूलो नेपालीको मूल्य २ प्रतिशतले घटेर ६५ रुपैयाँ, गोलभेडा ठूलो(भारतीय)७ प्रतिशतले घटेर ९५ रुपैयाँ, बन्दा लोकल १६ प्रतिशतले घटेर ५५ रुपैयाँ, भन्टा लाम्चो २० प्रतिशतले घटेर २७ रुपैयाँ, भन्टा(डल्लो)२५ प्रतिशतले घटेर ३५ रुपैयाँ, मकै बोडी १५ प्रतिशतले घटेर ६५ रुपैयाँ र भिण्डी १५ प्रतिशतले घटेर २९ रुपैयाँ कायम भएको छ ।