बुधबार, भाद्र ३,२०८३ 03:58:26
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:58:26
Bizshala
Global IME Bank Limited

सुजुकीको ‘पर्वोत्सव’ योजना: नयाँ स्विफ्टमा ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च, ४ लाखसम्मको नगद छुट

सुजुकीको ‘पर्वोत्सव’ योजना: नयाँ स्विफ्टमा ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च, ४ लाखसम्मको नगद छुट
New Office

काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  ।  

यो योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट,१ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप २ लाख  रुपैयाँसम्मको छुट प्रदान गर्नेछ  । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।  

Bizshala
CG Motors

नाडाअटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै  ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । योजनाको सारांश

१. शुन्य रनिङ्ग खर्चःस्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पीयमयस पार्ट्स र इन्जिन आयलमा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनीको मापदण्डअनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क लाग्ने छैन ।  

२ .फ्री अटो विमा र एक्सेसरिज: यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निःशुल्क पाउन सकिनेछ ।  

३. थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस: विक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी प्रदान गरिनेछ ।  

४ .उच्च रिसेल भ्यालुः स्विफ्ट बिगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो । थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.