शुक्रबार, असार १२,२०८३ 01:44:50
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:44:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हरियो खुर्सानीको मूल्य ७५% ले बढ्यो, अन्य कुन तरकारीको भाउ भयो घटबढ ?

Laxmi Sunrise Bank Limited
हरियो खुर्सानीको मूल्य ७५% ले बढ्यो, अन्य कुन तरकारीको भाउ भयो घटबढ ?

काठमाण्डौ । हरियो खुर्सानीको मूल्यमा व्यापक वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानी(बुलेट)को मूल्य ७५ प्रतिशतले बढेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ६५ रुपैयाँ रहेको हरियो खुर्सानी(बुलेट)को औषत मूल्य बढेर ११४ रुपैयाँ पुगेको छ । यस्तै आज टाटे सिमीको मूल्य पनि ७२ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य १४६ रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज गोलभेडा सानो(लोकल)को मूल्य २ प्रतिशतले बढेर २८ रुपैयाँ, प्याज सुकेको(भारतीय)को मूल्य ७ प्रतिशतले बढेर १२६ रुपैयाँ, बोन्दा(लोकल)२० प्रतिशतले बढेर ६६ रुपैयाँ, मूला रातो ३३ प्रतिशतले बढेर ४६ रुपैयाँ, मूला सेतो(लोकल)२६ प्रतिशतले बढेर २८ रुपैयाँ, भन्टा लाम्चो २२ प्रतिशतले बढेर ३४ रुपैयाँ, भन्टा(डल्लो)५७ प्रतिशतले बढेर ५५ रुपैयाँ, मकै बोडी १७ प्रतिशतले बढेर ७६ रुपैयाँ, तिते करेला ५७ प्रतिशतले बढेर ५५ रुपैयाँ, चिचिण्डो ४ प्रतिशतले बढेर २६ रुपैयाँ, भिण्डी १८ प्रतिशतले बढेर ३६ रुपैयाँ, स्कुस ८ प्रतिशतले बढेर ३० रुपैयाँ, तोरीको साग २१ प्रतिशतले बढेर ६६ रुपैयाँ र रातो बन्दा ८ प्रतिशतले बढेर १८० रुपैयाँ कायम भएको छ ।  

आज गोलभेडा ठूलो(नेपाली)को मूल्य ७ प्रतिशतले घटेर ६० रुपैयाँ, गोलभेडा ठूलो(भारतीय)को मूल्य ८ प्रतिशतले घटेर ८६ रुपैयाँ, गोलभेडा सानो(टनेल)को मूल्य ६ प्रतिशतले घटेर ३५ रुपैयाँ, आलु रातो(मुडे) ९ प्रतिशतले घटेर ५४ रुपैयाँ, काउली स्थानिय ११ प्रतिशतले घटेर ९६ रुपैयाँ, बोडी तने ५ प्रतिशतले घटेर ९० रुपैयाँ, घिउ सिमी लोकल २१ प्रतिशतले घटेर ८६ रुपैयाँ, परबल(लोकल)१५ प्रतिशतले घटेर ५५ रुपैयाँ, परवल(तराइ)२६ प्रतिशतले घटेर ४७ रुपैयाँ र रायो साग १२ प्रतिशतले घटेर ८६ रुपैयाँ निर्धारण भएको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.