काठमाण्डौ । भेडे खुर्सानीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भेडे खुर्सानीको मूल्य ४६ प्रतिशतले बढेको छ ।
यससँगै भेडे खुर्सानीको औषत प्रतिकेजी मूल्य ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ थियो ।
यस्तै आज रातो आलुको मूल्य ३ प्रतिशतले बढेर ६७ रुपैयाँ, आलु रातो (मुडे)को ४ प्रतिशतले बढेर ६० रुपैयाँ, प्याज सुकेको(भारतीय)५ प्रतिशतले बढेर १३२ रुपैयाँ, काउली स्थानिय ११ प्रतिशतले बढेर १०६ रुपैयाँ, भन्दा लाम्चो ३१ प्रतिशतले बढेर ४६ रुपैयाँ, भन्टा(डल्लो)२५ प्रतिशतले बढेर ५६ रुपैयाँ, बोडी(तने)५ प्रतिशतले बढेर ९० रुपैयाँ, हरियो फर्सी(डल्लो)२८ प्रतिशतले बढेर ४५ रुपैयाँ,च्याउ कन्य ७ प्रतिशतले बढेर २०० रुपैयाँ,कुरीलो २२ प्रतिशतले बढेर ४ सय रुपैयाँ, रातो बन्दा ७ प्रतिशतले बढेर १७५ रुपैयाँ र कागती ३५ प्रतिशतले बढेर ३७५ रुपैयाँ कायम भएको छ ।
आज गोलभेडा ठूलो(नेपाली)को मूल्य १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, गोलभेडा ठूलो(भारतीय)२३ प्रतिशतले घटेर ६५ रुपैयाँ, गोलभेडा सानो(लोकल)१४ प्रतिशतले घटेर ३३ रुपैयाँ, गोलभेडा सानो(टनेल) ५ प्रतिशतले घटेर ३३ रुपैयाँ, मूला सेतो(लोकल)३३ प्रतिशतले घटेर १८ रुपैयाँ, मूला सेतो(हाईब्रिड)२८ प्रतिशतले घटेर २५ रुपैयाँ र भटमाशकोसा २३ प्रतिशतले घटेर ९ट रुपैयाँ निर्धारण भएको छ ।