काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि सम्बन्धि उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आज शुरुभएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।
विश्वमा सूचना प्रविधिको विकासले तिव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाईदा लिनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।उनले भने, ‘नेपालले अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा काग गर्न सक्छ । हाम्रा थुप्रै युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ, ।’
सूचना प्रविधि सम्वन्धी अन्तराष्ट्रिय ठूला कम्पनीको व्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने अध्यक्ष मल्लले जोड दिए ।
मुलुकको आर्थिक समृद्धिका लागि अवको प्राथमिकता आईटी क्षेत्र र सोही अनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताए ।