आईतवार, बैशाख ७,२०८२ 04:37:56
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:37:56
IME remit
Global IME Bank Limited

नापतौल डोरअन्तर्गत तेस्रो दिन ४२ व्यापारी–व्यवसायी लाभान्वित

Hyundai Nepal
नापतौल डोरअन्तर्गत तेस्रो दिन ४२ व्यापारी–व्यवसायी लाभान्वित
Nabil Bank Limited

काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत तेस्रो दिन बिहीबार ४२ जना व्यापारी–व्यवसायीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएका छन् ।

जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

पहिलो दिन मंगलबार भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा र दोस्रो दिन बुधबार सुकुलढोकामा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरिएको थियो । तेस्रो दिन बिहीबार लिवालीमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा लिवाली, जगाती, च्याम्हासिंह, ब्रम्हायणी, दत्तात्रय लगायतका क्षेत्रका व्यापारी–व्यवसायीले सेवा लिएको संघले जनाएको छ ।  

संघका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत २३ गते आइतबार कमलविनायकस्थित बिग मार्ट परिसरमा, २४ गते सोमबार बाराही मन्दिरनजिक डोर कार्यालय रहने छ । यसैगरी, २५ गते मंगलबार सल्लाघारी चोङा गणेश मन्दिर तलको ढुंगेधारा पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ ।  

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताइन् । ‘उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने नापतौलका सामग्रीहरुको दर्ता र नवीकरण समयमै गर्नुपर्छ र ती सामग्रीहरु ठीक छ कि छैन भनेर नियमानुसार जाँच गराउनुपर्छ’, उनले भनिन्, ‘समयमै दर्ता तथा नवीकरण नगरेमा जरिवाना तिर्नुपर्ने भएकोले अहिले सञ्चालन भइरहेको नापतौल डोर कार्यक्रममा सेवा प्राप्त गर्न सम्पूर्ण व्यवसायी, व्यापारीहरुलाई आग्रह गर्दछु ।’  

संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको बताए ।  

भक्तपुर नगरपालिकाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक गोविन्द पहारीले बताए । नापतौलका सामग्री खरिद गरी नियमानुसार समयमै दर्ता नगराएका तथा समयमा नवीकरण नगराएका व्यवसायी तथा व्यापारीलाई जरिवाना लिएर दर्ता तथा नवीकरण गरिएको उनको भनाइ छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.