काठमाण्डौ । आज परवलको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार परवलको मूल्य ५७ प्रतिशतले बढेको हो ।
यससँगै परवल (लोकल र तराई)को औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ३५ रुपैयाँ थियो ।
यस्तै आज प्याज सुकेको(भारतीय)को मूल्य २ प्रतिशतले बढेर १२६ रुपैयाँ, गाजर लोकलको मूल्य १५ प्रतिशतले बढेर ११० रुपैयाँ, भन्टा लाम्चो १६ प्रतिशतले बढेर ३५ रुपैयाँ, घिरौला २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, झिगुनी २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, स्कुस ११ प्रतिशतले बढेर २५ रुपैयाँ, रायो साग १५ प्रतिशतले बढेर १३३ रुपैयाँ, च्याउ(कन्य)५ प्रतिशतले बढेर १४० रुपैयाँ, खुर्सानी हरियो ४६ प्रतिशतले बढेर ९५ रुपैयाँ र भेडे खुर्सानीको मूल्य १५ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ ।
आज गोलभेडा ठूलो (भारतीय)को मूल्य १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, गोलभेडा सानो(लोकल)९ प्रतिशतले घटेर २५ रुपैयाँ, टाटे सिमी १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, तिते करेला १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, चिचिण्डो २० प्रतिशतले घटेर २७ रुपैयाँ, पिडालु १३ प्रतिशतले घटेर ६५ रुपैयाँ,ब्रोकाउली १५ प्रतिशतले घटेर १५० रुपैयाँ र काक्रो(लोकल)३५ प्रतिशतले घटेर ५५ रुपैयाँ कायम भएको छ ।