बिहीबार, आश्विन ३,२०८१ 07:56:56
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:56:56
IME remit
Global IME Bank Limited

अकबरे खुर्सानीको मूल्य ३०% ले बढ्यो, रातो मूलाको भने घट्यो

Hyundai Nepal
अकबरे खुर्सानीको मूल्य ३०% ले बढ्यो, रातो मूलाको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आज अकबरे खुर्सानीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो अकबरे खुर्सानीको मूल्य ३० प्रतिशतले बढेको हो ।  

यससँगै हरियो अकबरे खुर्सानीको औषत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य २५० रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यस्तै आज बन्दा(तराई)को मूल्य ७ प्रतिशतले बढेर ४८ रुपैयाँ, स्थानिय काउली(ज्यापु)४ प्रतिशतले बढेर १३० रुपैयाँ, मकै बोडी ५ प्रतिशतले बढेर ९० रुपैयाँ, भटमाशकोसा १३ प्रतिशतले बढेर ८५ रुपैयाँ, तिते करेला ११ प्रतिशतले बढेर ९५ रुपैयाँ, चिचिण्डो १६ प्रतिशतले बढेर ३५ रुपैयाँ, रायो साग १३ प्रतिशतले बढेर १२५ रुपैयाँ, पालुङ्गो साग ३२ प्रतिशतले बढेर १९६ रुपैयाँ, प्याज हरियो १३ प्रतिशतले बढेर २२६ रुपैयाँ, जिरीको साग ११ प्रतिशतले बढेर ९५ रुपैयाँ र हरियो धनिया २८ प्रतिशतले बढेर २२६ रुपैयाँ कायम भएको छ ।  

आज रातो मूलाको मूल्य २० प्रतिशतले घटेर २७ रुपैयाँ, भन्टा लाम्चो १४ प्रतिशतले घटेर ३० रुपैयाँ, बोडी तने ११ प्रतिशतले घटेर ७५ रुपैयाँ र पिडालु १५ प्रतिशतले घटेर ५५ रुपैयाँ निर्धारण भएको छ ।   

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.