काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको हो ।
खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुगिरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन विमानस्थलले आग्रह गरेको हो ।
खादा र माला यात्रुले झोलाभित्र राखेर लैजानसक्ने विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।