शनिबार, श्रावण २३,२०८३ 06:20:56
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 06:20:56
Bizshala
Global IME Bank Limited

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो ।  

सम्झौतापत्रमा चेम्बर इनोभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज बस्नेतले हस्ताक्षर गरे ।  

चेम्बरले युवा उद्यमशिलता सम्बन्धी सञ्जाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपुर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्वन्धमा सहमति भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशिलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए ।  

स्टार्टअप एण्ड इन्नोभेशन समितिका सभापति पंकज जालानले युवा उद्यमशिलता विकासका लागि अभियान चलाउने र युवाहरुलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलव्ध गराउने बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.