आईतवार, बैशाख ७,२०८२ 04:49:56
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:49:56
IME remit
Global IME Bank Limited

अल्टिमाले नेपालमा ल्यायो अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च, अद्भूत विशेषताले भरिपूर्ण

Hyundai Nepal
अल्टिमाले नेपालमा ल्यायो अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च, अद्भूत विशेषताले भरिपूर्ण
Nabil Bank Limited

काठमाण्डौ । एभरेडी इण्डष्ट्रिज इण्डिया लि. नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो, जसले आफ्नो पछिल्लो आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ ।  

यी उत्पादनहरुले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिकप्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको छ,  खास गरेर परिष्कृत सुरक्षा औजारहरुका साथ महिलाहरुलाई सशक्त बनाएर ।  

काठमाडौंको ह्यात प्यालेसमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको यी उत्पादनहरुले दैनिक जीवनलाई बढावा दिंदै व्यक्तिगत सुरक्षालाई साथ दिएर उद्देश्य परिचालित उच्च गुणस्तरीय समाधानहरुका साथ नेपाली बजारलाई सेवा पुर्याउने एभरेडीको रणनीतिक विस्तार र समर्पणलाई संकेत गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

एभरेडीले आफ्नो अद्भुत “खेलिन्छ त सिकिन्छं” भन्ने अभियानमार्फत बालबालिकाहरुले मज्जाभन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनपयोगी सीपहरुलाई बढावा दिन्छ भनेर प्रकाश पार्न अल्टिमा अल्कालाइन् ब्याट्रीहरु प्रस्तुत गरेको छ ।

आविष्कारप्रतिको एभरेडीको प्रतिबद्धता स्वरुप नयाँ अल्टिमा श्रृँखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने AA/AAA ब्याट्रीहरु ८०० प्रतिशत लामो कार्यसम्पादन दिने अल्टिमा प्रो.का साथ प्रभावशाली क्षमताहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

खेलौनाहरु, भिडियो गेमहरु र चिकित्सकीय औजारहरुजस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरु अल्कालाइन प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण रहेको कम्पनीको भनाई छ ।  

यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको #AWAZUTHAUNESHAKTI  अभियानका साथ कान नसुन्ने र बोल्न नसक्नेहरुका लागि एभरेडीको उद्देश्य परिचालित आविष्कारको रुपमा प्रस्तुुत गरिएको छ । यसमा १०० डेसिबलएसओएस अलार्म, युएसबिटाइप–बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँक्ने विशेषताहरु छन्, जसले यसलाई अझ ठोस शक्तिशाली बनाएको छ ।  

सम्मेलनमा मन्तव्य राख्दै एभरेडी इण्डष्ट्रिज एण्डिया लि.का एसबियु प्रमुख (ब्याट्रीज एण्ड फ्ल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष, अनिर्वान बेनर्जीले भने, “नेपालमा यी उत्पादनहरुको बिक्री वितरण शुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधानहरु र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धतालाई झल्काउँछ । हाम्रो अल्टिमा अल्कालाइन ब्याट्रीहरुमा ४०० देखि ८०० प्रतिशतसम्मको दीर्घ जीवन छ र यी उत्पादनहरु उच्च खपत गर्ने उपकरणहरुका लागि एकदम सही छन् , त्यसैगरी एभरेडी साइन टर्च एउटा उत्पादन मात्र हैन, यो सुरक्षा, सशक्तिकरणको प्रतिक हो र यसले आकस्मिक अवस्थाहरुमा आवाज उठाउन मद्दत गर्दछ । यी दुवै आविष्कारहरुले हाम्रा ग्राहकहरुको बढ्दो आवश्यताहरुलाई परिपूर्ति गर्न उत्कृष्ट कार्यक्षमता प्रदान गरेर व्यक्तिगत सुरक्षा र दैनिक जीवनलाई उन्नत बनाउने हाम्रो समपर्णलाई प्रतिबिम्बित गरेका छन् ।”

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.