शुक्रबार, श्रावण २२,२०८३ 08:12:37
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:12:37
Bizshala
Global IME Bank Limited

सिईडिबि हाईड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

सिईडिबि हाईड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
New Office

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।  

उक्त बैठकले सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत डाकेको छ ।  

कम्पनीको दुई आवको साधारण सभा आगामी असोज २१ गते काठमाण्डौको कालीमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे आयोजना हुनेछ । बैठकमा बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने, आव २०८०/८१ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज बन्द गर्ने निर्णय गरेको छ। यसथै असोज ६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.