Bizshala
  • मंगलवार, असार २३,२०८३ 05:57:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा सुचारु

Laxmi Sunrise Bank Limited
दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा सुचारु

काठमाण्डौ । विश्वकर्मा पूजाको अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सर्भिस सेन्टरको स्थापनाको साथ दिगोको काठमाण्डौ उपत्यकामा पेप्सीकोला, बल्खु र चारदोबाटो लगायत ३ वटा सर्भिस सेन्टर भएको छ ।  

यस सुविधामा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ । जसले विद्युतीय सवारी साधनका ब्याट्रीहरूको अत्याधुनिक अनुसन्धान, परीक्षण, र मर्मत सेवा प्रदान गर्नेछ। यसले दिगो लाई बिध्युतिय सवारीका लागि पूर्ण समर्थन दिने क्षमता बढाउँदै ब्याट्री प्रणालीहरूको दीर्घकालीनता र उत्तम कार्यसम्पादन सुनिश्चित गर्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो अत्याधुनिक सर्भिस सेन्टरले विद्युतीय सवारीहरूको मर्मत, निरीक्षण, र पुनःस्थापनासम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउनेछ। यहाँ आधुनिक उपकरण र दक्ष प्राविधिकहरूको टोलीद्वारा ग्राहकका गाडीहरूलाई उत्कृष्ट सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।  

दिगो ग्रुपका संस्थापक राजन रायमाझीले उद्घाटन समारोहमा भने, ‘हाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो। पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ। दिगोका ग्राहकहरूले अब अत्याधुनिक प्रविधि र दिगो सेवाको फाइदा उठाउन सक्नेछन् ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दिगो ग्रुपले गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतिय सवारीसाधनको बिक्रि, वितरण, र सेवा प्रदान गर्दै आएको छ। गाडी बिक्रिमा मात्र नभएर, दिगोको ईकोसिस्टम अन्तर्गत चार्जरको बिक्रि, वितरण, र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ। साथै, विद्युतिय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ। दिगो ई–स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठूलो चार्जिङ्ग स्टेशन सञ्चालन गर्दै आएको छ, जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ्ग मार्ट, र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्र जस्ता सुविधाहरू पनि उपलब्ध छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.