बिहीबार, आश्विन ३,२०८१ 06:17:33
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:17:33
IME remit
Global IME Bank Limited

हरियो खुर्सानीको मूल्य ८०% ले बढ्यो, गोलभेडा र भन्टाको भने घट्यो

Hyundai Nepal
हरियो खुर्सानीको मूल्य ८०% ले बढ्यो, गोलभेडा र भन्टाको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । हरियो खुर्सानीको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानीको मूल्य ८० प्रतिशतले बढेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ७५ रुपैयाँ रहेको हरियो खुर्सानीको औषत मूल्य बढेर १३५ रुपैयाँ पुगेको छ । यस्तै आज हरियो खुर्सानी बुलेटको मूल्य पनि ४२ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य १३५ रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

आज लसुन सुकेको(नेपाली)को औृषत मूल्य पनि १४ प्रतिशतले बढेर ३१० रुपैयाँ, ब्रोकाउली १५ प्रतिशतले बढेर ११० रुपैयाँ, प्याज हरियो १९ प्रतिशतले बढेर २२६ रुपैयाँ, घिरौला २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, चिचिण्डो १० प्रतिशतले बढेर २७ रुपैयाँ, परवल २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, मूला रातो ८ प्रतिशतले बढेर ३० रुपैयाँ, आलु रातो(मुडे)४ प्रतिशतले बढेर ६० रुपैयाँ, आलु रातो (भारतीय)३ प्रतिशतले बढेर ५५ रुपैयाँ र आल्ु रातो ६ प्रतिशतले बढेर ७२ रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Shivam Cement

यस्तै आज गोलभेडा ठूलो(भारतीय)को मूल्य १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, गोलभेडा सानो(लोकल)१० प्रतिशतले घटेर २२ रुपैयाँ, गोलभेडा सानो(टनेल)६ प्रतिशतले घटेर ३१ रुपैयाँ, भन्टा लाम्चो ७ प्रतिशतले घटेर २७ रुपैयाँ, भटमासकोशा १३ प्रतिशतले घटेर ९५ रुपैयाँ, पालुंगो साग १३ प्रतिशतले घटेर ११० रुपैयाँ, च्याउ(कन्य)७ प्रतिशतले घटेर १६३ रुपैयाँ र अदुवा ९ प्रतिशतले घटेर १९० रुपैयाँ कायम भएको छ ।     

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.