बिहीबार, माघ १७,२०८१ 08:21:13
IME remit
  • बिहीबार, माघ १७,२०८१ 08:21:13
IME remit
Global IME Bank Limited

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

Hyundai Nepal
एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार
Nabil Bank Limited

काठमाण्डौ । एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेकोे हो ।  

मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, जसले ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको छ।फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

त्यसैगरी ग्राहकले अब गण्डकी प्रदेशको आँबूखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाटफाइदा लिन सक्छन् । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ । हालैमात्रएनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । मंगलबार, एनसेलले तीनवटा डबल मजा प्याकहरू संचालनमा ल्याएको छ । यसमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरी सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्छन् ।

यस्तै एनसेलले मधेश र गण्डकी प्रदेशमा विभिन्न व्यवसायिक सामाजिक जिम्मेवारीका आयोजनाहरू पनि कार्यान्वयन गरेको छ। कम्पनीको आधुनिक डिजिटल ल्याब आयोजनाले सरकारी÷सामुदायिक विद्यालयहरूका हजारौं विद्यार्थीहरुलाई आधुनिक सिकाइ विधिहरूमा पहुँचका साथ प्रत्यक्ष रूपमा लाभान्वित बनाएको छ भने एडप्ट ए स्कूल कार्यक्रमले विद्यालयका पूर्वाधार विकासमा योगदान गरेको छ ।  

मधेस प्रदेशमा एनसेलले चार वटा सरकारी विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने सात विद्यालयलाई कक्षाकोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ ।त्यसैगरी, धनुषाधाममा ३३ हेक्टर जमिनमा ५० हजारभन्दा बढी रुख रोपिएको छ भने सीमान्तकृत समुदायका महिलालाई शिक्षित बनाउन वमन एडल्ट लिटरेसी कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा एनसेलले पाँच वटा विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरिएको छ भने एडप्ट ए स्कुल कार्यक्रममार्फत छ वटा विद्यालयलाई कक्षा कोठा निर्माण, खानेपानीको सुविधा, फर्निचर, शौचालय निर्माण र शैक्षिक सामग्री उपलब्ध गराईएको छ । व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले हालसम्म देशभर विभिन्न सामाजिक कार्यहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.