आईतवार, जेष्ठ ३,२०८३ 08:55:09
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:55:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिशानायके विजयी, आर्थिक पुनरुत्थान हुने विश्वास

Laxmi Sunrise Bank Limited
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिशानायके विजयी, आर्थिक पुनरुत्थान हुने विश्वास
Shivam Cement

काठमाण्डौ । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिशानायके विजयी भएका छन् । ५५ वर्षीय दिशानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन्।

जितपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको काम नभई हजारौं जनताको मेहनतको परिणाम भएको बताएका छन्।  

दोस्रो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । यस राउण्डमा दिशानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे ।

Bizshala
New Office
CG Motors

यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिशानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो । जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो ।

दिशानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन्। चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिशानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन् । पहिलो चरणको मतगणनामा ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि दोस्रो चरणको मतगणनामा उनी विजयी भएका हुन् ।

विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भए । यसपछि दोस्रो राउण्डमा अनुरा दिसानायके र सजित प्रेमदासाबीच प्रतिस्पर्धा भएको थियो । सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

श्रीलंकाका नयाँ राष्ट्रपतिले दुई प्रकारका चुनौतीहरूको सामना गर्नुपर्नेछ। यसमा देशको अर्थतन्त्रलाई पुनरुत्थान गर्नु र लाखौं मानिसहरूलाई गरिबीबाट बाहिर ल्याउनु समावेश छ।

देशको यो आर्थिक मन्दीले राजापाक्षेलाई सन् २०२२ मा राष्ट्रपति पदबाट हटाएको थियो त्यतिबेला श्रीलंकाको विदेशी मुद्रा सञ्चिति सकिएको थियो, जसले गर्दा देशले इन्धनजस्ता अत्यावश्यक वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

श्रीलंकाको सार्वजनिक ऋण ८३ अर्ब अमेरिकी डलर पुगेको थियो । त्यस्तै मुद्रास्फीति ७० प्रतिशतमा पुगेको थियो।

जसका कारण खाद्यान्न र औषधि जस्ता आधारभूत कुराहरू देशका सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन पुगेका थिए ।ठूला नीतिगत त्रुटिहरू, कमजोर निर्यात र वर्षौंदेखि न्यून करको दरलाई देशको यो आर्थिक संकटका लागि जिम्मेवार मानिएको छ।

श्रीलंकाको अर्थतन्त्रको अत्यावश्यक हिस्सा रहेको पर्यटनलाई प्रभावित गर्ने कोरोना महामारीले यसलाई अझ नराम्रो बनाएको थियो। तर धेरैले यसका लागि भ्रष्टाचार र कुप्रबन्धलाई पनि दोष लगाएका छन्, जसले राजापाक्षे र उनको परिवारप्रति आक्रोश बढाएको छ। जसले सामूहिक रूपमा श्रीलंकामा १० वर्षभन्दा बढी शासन गरेका छन्।

विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट लगभग ३ अर्बबराबरको बेलआउट प्राप्त गरे, जसले महत्त्वपूर्ण अतिरिक्त कोष प्रदान गर्यो तर आर्थिक र प्रशासनिक नीतिमा कठोर सुधारहरू पनि आवश्यक थियो।

आईएमएफको निर्देशन अनुसार श्रीलंकाले विदेशी र स्वदेशी ऋणदाताहरूसँग आफ्नो ऋण चुक्ता सर्तहरू पुनः तयार गरिरहेको छ। देशको मुख्य लक्ष्य ३६ अर्ब डलर विदेशी ऋणमा छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.