काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले घटेको छ । अमेरिकी डलर तीन महिनाकै बलियो बनेसँगै सुनको मूल्यमा गिरावट आएको हो ।
पछिल्लो कारोबारमा सुनको मूल्य १.१२ प्रतिशत अर्थात ४४.६६ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ९५६ डलर कायम छ ।
अमेरिकी डलर तीन महिनाकै उच्च कायम भएसँगै अन्य मुद्रा भएकाहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ । जसका कारण मागमा गिरावट आउदा सुनको भाउ खस्किएको हो ।
अमेरिकी केन्द्रीय बैंकले गत साता ब्याजदर कटौती गरेपनि फेड अध्यक्ष जेरोमी पावेलले उक्त कटौती अब यस वर्षका लागि अन्तिम हुने संकेत गरेका छन् । ट्रेडरहरुले पनि फेडले डिसेम्बर ९–१० मा हुने फेड बैठकमा ब्याजदर कटौतीको सम्भावना ७१ प्रतिशत मात्रै रहेको बताएका छन् । जुन एक साताअघि ९० प्रतिशत थियो ।
न्यून ब्याजदरमा प्रायः सुनको मूल्य बढ्ने गर्छ । यो वर्ष सुनको मूल्य ५३ प्रतिशतले बढिसकेको छ ।

