डलर तीन महिनाकै बलियो बनेसँगै सुनको मूल्यमा उच्च गिरावट
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले घटेको छ । अमेरिकी डलर तीन महिनाकै बलियो बनेसँगै सुनको मूल्यमा गिरावट आएको हो । पछिल्लो कारोबारमा सुनको मूल्य १.१२ प्रतिशत अर्थात ४४.६६ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ९५६ डलर कायम छ ।

