काठमाण्डौ । प्रख्यात कफी चेन स्टारबक्सले लगानी फर्म बोयु क्यापिटलसँग ४ अर्ब डलरको सम्झौता अन्तर्गत चीनमा आफ्नो व्यापारको ६० प्रतिशत बिक्री गर्ने जनाएको छ ।
सम्झौता अन्तर्गत, विश्वको सबैभन्दा ठूलो कफी चेन स्टारबक्सले आफ्नो चिनियाँ खुद्रा व्यापारमा ४० प्रतिशत हिस्सेदारी राख्ने छ। साथै, यसले चीनमा स्टारबक्स ब्रान्डको स्वामित्व अधिकार कायम राख्नेछ। स्टारबक्स सन् १९९९ मा चिनियाँ बजारमा प्रवेश गरेको थियो। चीन अहिले अमेरिका बाहिरको दोस्रो ठूलो बजार हो।
यद्यपि, हालका वर्षहरूमा लकिन कफी जस्ता स्थानीय ब्रान्डहरूको उदयका कारण कम्पनीले चुनौतीहरूको सामना गरिरहेको छ ।
कम्पनीले सोमबार आफ्नो मुख्यालय सांघाईमा रहने र चिनियाँ बजारमा ८ हजार आउटलेटको स्वामित्व र सञ्चालन जारी राख्ने बताएको छ।
साथै, भविष्यमा यसलाई २० हजार स्टोरसम्म पुर्याउने कम्पनीको योजना छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                