काठमाण्डौ । हरियो लसुनको मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो लसुनको मूल्य ४५ प्रतिशतले घटेको छ ।
अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३२६ रुपैयाँ रहेको हरियो लसुनको औषत मूल्य घटेर १७६ रुपैयाँ पुगेको छ । यस्तै आज हरियो धनियाको मूल्य पनि ३० प्रतिशतले घटेर प्रतिकेजी औषत मूल्य ९५ रुपैयाँ पुगेको छ ।
आज काउली स्थानियको औषत मूल्य पनि ५ प्रतिशतले घटेर ९० रुपैयाँ, घिउ सिमी(लोकल)को मूल्य १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, टाटे सिमी ४ प्रतिशतले घटेर ७१ रुपैयाँ, लौका २२ प्रतिशतले घटेर ३५ रुपैयाँ, घिरौला ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, प्याज हरियो १६ प्रतिशतले घटेर १९० रुपैयाँ र खुर्सानी हरियो(माछे)३१ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।
यस्ते आज रातो आलुको मूल्य २३ प्रतिशतले बढेर ७७ रुपैयाँ, सेतो मूला(हाईब्रिड)३ प्रतिशतले बढेर २८ रुपैयाँ, भन्टा डल्लो ७ प्रतिशतले बढेर ३५ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)८ प्रतिशतले बढेर ८१ रुपैयाँ, तिते करेला १५ प्रतिशतले बढेर ७५ रुपैयाँ र च्याउ कन्य ११ प्रतिशतले बढेर १९० रुपैयाँ कायम भएको छ ।