काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी फागुन २७ गते समाप्त हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४ लाख ३४ हजार ९०६ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत २० गते निर्देशन दिएको थियो ।
कम्पनीले जारीपूँजी ३ अर्ब ७५ करोड रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये सर्वसाधारणलाई छुट्टाईएको सेयरमध्येको ५ प्रतिशत हुन आउने ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो ।
सोहि सेयरको लक इन अवधि आगााी फागुन २७ गते समाप्त हुन लागेको हो ।