काठमाण्डौ । सोल्टी होटल लिमिटेडका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत भएको छ । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
जोशी नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्त भएकाले कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा भदौ २३ गते देखी लागू हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।