बुधबार, आश्विन ३०,२०८१ 01:41:11
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 01:41:11
IME remit
Global IME Bank Limited

टोयोटाको कार उत्पादनमा लगातार ७ महिना गिरावट, यस्ता छन् कारण

Hyundai Nepal
टोयोटाको कार उत्पादनमा लगातार ७ महिना गिरावट, यस्ता छन् कारण
Nabil Bank Limited

काठमाण्डौ । जापानीज अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पको उत्पादनमा लगातार ७ महिना गिरावट आएको छ । अगस्ट  महिनामा पनि कम्पनीको विश्वभरको उत्पादन ११ प्रतिशतले घटेको छ ।  

अगस्ट महिनामा कम्पनीले ७ लाख ९ हजार ५७१ युनिट सवारी उत्पादन गरेको छ । घरेलु बजारमा पनि कम्पनीको उत्पादनमा २२ प्रतिशतको कमी आएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

जापानमा टोयोटाले १ लाख ८५ हजार ६८० युनिट सवारी उत्पादन गरेको छ ।  

सवारी सर्टिफिकेशन विवाद र जापानमा आएको आधिहुरीका कारण कम्पनीको उत्पादनमा कमी आएको बताइएको छ । गत जुन  महिनामा कम्पनीको चर्चित मोडल कोरोला फिल्डर,कारोला एक्सिओ र यारिस क्रसलाई प्रतिबन्ध लगाइएको थियो ।  

नियामकले ३ वटै मोडल सुरक्षित रहेको भन्दै प्रतिबन्ध हटाएपछि कम्पनीले सेप्टेम्बरबाट ३ वटै मोडलको उत्पादन सुरु गरेको छ ।  

यस्तै अगस्ट महिनाको अन्त्यतिर आएको आधिहुरीका कारण सबै घरेलु कारखानाको उत्पादन प्रभावित भएको कम्पनीले जनाएको छ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

अगस्ट महिनामा कम्पनीले जापानबाहिर ५ लाख २३ हजार ८९१ युनिट सवारी साधन उत्पादन गरेको छ । जुन ६.५ प्रतिशतले कम हो । योबीचमा उत्तर अमेरिकामा कम्पनीको ग्रणड हायरल्याण्डर र लेक्सस टीएक्सलाई बजारबाट फिर्ता मगाइएको थियो ।  

घरेलु बजारमा सिर्जना भएको गुणस्तरसम्बन्धी विवाद र चीनमा देखिएको तीव्र प्रतिस्पर्धाका कारण पनि कम्पनीको विश्वव्यापी उत्पादनमा कमी आएको छ । चीनमा टोयोटाको बिक्रीमा १३.५ प्रतिशतले घटेको छ । ३ वटा मोडलमा विवाद उत्पन्न भएपछि कम्पनीले यी मोडलको निर्यात गर्न सकेको थिएन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.