शनिबार, चैत्र ३०,२०८१ 05:59:32
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 05:59:32
IME remit
Global IME Bank Limited

बाढीपहिरोका कारण तरकारीको भाउ २००% सम्मले वृद्धि, कुनको मूल्य कति ?

Hyundai Nepal
बाढीपहिरोका कारण तरकारीको भाउ २००% सम्मले वृद्धि, कुनको मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । गत बिहिबारदेखि देशभर आएको अविरल वर्षाका कारण कालिमाटी फलफलु तथा तरकारी बजारमा तरकारीको मूल्य वृद्धि भएको छ । वर्षाका कारण तरकारी खेतीमा पुगेको क्षति र विभिन्न राजमार्ग अवरुद्ध भएका  कारण आपूर्ति श्रृंखला प्रभावित बन्दा तरकारीको मूल्य आकाशिएको हो ।  

कालिमाटी फलफलु तथा तरकारी बजार समितिका अनुसार आज अधिकांश तरकारीको मूल्य बढेको छ । आज तरकारीको मूल्य २ सय प्रतिशतसम्मले बढेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

स्कुसको औषत प्रतिकेजी मूल्य आज २११ प्रतिशतले बढेको छ । अघिल्लो दिन प्रतिकेजी औषत मूल्य १७ रुपैयाँ रहेको स्कुसको मूल्य आज बढेर ५५ रुपैयाँ पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज गोडभेडा ठूलो(भारतीय)को मूल्य ४ प्रतिशतले बढेर ११० रुपैयाँ, गोलभेडा सानो(लोकल)१४१ प्रतिशतले बढेर ७५ रुपैयाँ, गोलभेडा सानो(टनेल)५० प्रतिशतले बढेर ९० रुपैयाँ, रातो आलु(माुडे)४ प्रतिशतले बढेर ७५ रुपैयाँ, प्याज सुकेको भारतीय ६ प्रतिशतले बढेर १७८ रुपैयाँ, गाजर(लोकल)७२ प्रतिशतले बढेर १९० रुपैयाँ, गाजर(तराई)५२ प्रतिशतले बढेर १६० रुपैयाँ,बन्दा लोकल ३० प्रतिशतले बढेर ७५ रुपैयाँ, बन्दा(तराई)१०० प्रतिशतले बढेर ७० रुपैयाँ, काउली स्थानिय ३८ प्रतिशतले बढेर १४५ रुपैयाँ, सेता मूला(हाईब्रिड)५६ प्रतिशत बढेर २७ रुपैयाँ, बोडी तने ४६ प्रतिशतले बढेर ११० रुपैयाँ, कमै बोडी ६४ प्रतिशत बढेर ९५ रुपैयाँ, तिते करेला ४६ प्रतिशतले बढेर ११० रुपैयाँ, लौका १७१ प्रतिशतले बढेर ९५ रुपैयाँ, घिरौला ५८ प्रतिशतले बढेर १३५ रुपैयाँ,हरियो फर्सी(डल्लो)९८ प्रतिशतले बढेर ५५ रुपैयाँ, पालुङ्गो साग १५३ प्रतिशतले बढेर १९० रुपैयाँ, तोरीको साग १११ प्रतिशतले बढेर ९५ रुपैयाँ, जिरीको साग १०६ प्रतिशतले बढेर १५५ रुपैयाँ,गान्टे मूला २६ प्रतिशतले बढेर ९५ रुपैयाँ कायम भएको छ ।  

यसैबीच उपत्यकाका विभन्नि व्यापारीहरुले तरकारीको मन्लाग्दी मूल्य तोकेका छन् । उपभोक्ताहरुले व्यापारीले निकै महङ्गो मूल्यमा तरकारी बेचिरहेका बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.