शनिबार, असार २०,२०८३ 06:12:13
Bizshala
  • शनिबार, असार २०,२०८३ 06:12:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री कोषमा तत्कालै १ अर्ब जम्मा हुने, विपदमा ज्यान गुमाएकाको सम्झनामा तीनदिने राष्ट्रिय शोकको घोषणा

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री कोषमा तत्कालै १ अर्ब जम्मा हुने, विपदमा ज्यान गुमाएकाको सम्झनामा तीनदिने राष्ट्रिय शोकको घोषणा

काठमाण्डौ । अमेरिकाबाट स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक गरी विभिन्न निर्णय गराएका छन् ।  

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोपछिको अवस्था व्यवस्थापन, राहात, उद्धार तथा पुननिर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

सो कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा सेवा सुविधा बराबरको रकम जम्मा गर्ने समेत निर्णय भएको छ ।  

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि शीघ्र पहल गर्ने, विपतमा हुनसक्ने महंगी तथा कालोबजारी नियन्त्रणमा विशेष ध्यान दिने लगायतका विषयमा समेत महत्वपूर्ण निर्णय गरेको छ ।  

यसैगरी, अबिरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु भएकाको सम्झनामा सरकारले राष्ट्रिय शोक मनाउने घोषणा समेत गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सञ्चारमन्त्री गुरुङका अनुसार सरकारले शोक घोषणा गर्दै सरकारी तथा अर्धसरकारी कार्यालयहरुमा आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।  

यसैबीच, सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहात समेत उपलब्ध गराइने निर्णय भएको छ । यस्तै, प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै रुपमा मानेर परिवारलाई २ लाख दिइनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.