काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सेयर बजारमाथि उठ्ने आशा गरेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढीपहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’ उनले भने ।
यस्तै प्रधानमन्त्रीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन् । ‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा मलाई पत्यार लागेको छैन, उनले भने,‘‘मलाई किन कसैले ५ अर्ब दिन्छ ? मैले भनेकै छु म कमिसनका लागि काम गर्ने होइन, देशका लागि गर्ने हो, म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हु ।’