बिहीबार, आश्विन १,२०८३ 02:34:27
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:34:27
Bizshala
Global IME Bank Limited

सिईडिबि हाईड्रोपावरको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित हुने

सिईडिबि हाईड्रोपावरको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित हुने
New Office

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको आव २०७९/८० र २०८०/८१ को वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  

सभा कालीमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे आयोजना हुनेछ ।  

सभामा दुई आर्थिक वर्षको लागि प्रस्तावित चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) पारित हुनेछ । यस्तै,बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियामक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सञ्चालक समितिको आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने, आव २०८०/८१ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Muktinath Bikas Bank Limited

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ असोज ६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.