काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले बढ्दो हाईब्रिड बजारमा आफ्नो प्रभाव बढाउन सन् २०२६ मा आफ्नो पहिलो पेट्रोल–हाईब्रिड मोडल ल्याउने योजना बनाएको बताइएको छ।
कम्पनीले यो योजनाका लागि २७ हजार करोड भारु लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै कम्पनीले स्कोडा अटो फक्सवागनसँग प्रविधि साझेदारी गर्न सक्ने समेत जनाइएको छ । भारतमा हाल यो सेगमेन्टमा टोयोटा किर्लोस्कर मोटर र मारुती सुजुकीको प्रभुत्व रहेको छ ।
महिन्द्रा एण्ड महिन्द्राले ईभीसँगै हाईब्रिड सवारी साधनको उत्पादनमा समेत जोड दिने जनाएको छ । यस्तै कोरियाली निर्माता हुन्डाई मोटर इण्डियाले समेत सन् २०२७ सम्म आफ्नो पहिलो पेट्रोल हाईब्रिड एसयुभी उत्पादन गर्ने लक्ष्य लिएको छ ।