काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४३.२७ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता २५३ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ ।
बैंकले गत आवका लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।