बिहीबार, कार्तिक ८,२०८१ 12:12:39
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:12:39
IME remit
Global IME Bank Limited

आजदेखि सञ्चालनमा आउने भयो बिपी राजमार्ग

Hyundai Nepal
आजदेखि सञ्चालनमा आउने भयो बिपी राजमार्ग
Nabil Bank Limited

काठमाण्डौ । बिपी राजमार्ग आजबाट पुनः सञ्चालनमा आउने भएको छ । बाढीले क्षति पुर्याएको ठाउमा आज बिहान १० बजेदेखि सहज रूपमा गाडी चलाउने गरी तयारी भईरहेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी दिएका छन् । 

Bizshala
Shivam Cement
CG Motors

‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद’ प्रधानमन्त्रीले लेखेका छन् ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बिपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्‍याएको थियो । रोशी र सुनकोसीको बाढीले काभ्रेको चौकी डाँडादेखि तल नेपाल थोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.