शनिबार, फाल्गुन १०,२०८१ 04:22:28
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:22:28
IME remit
Global IME Bank Limited

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?

Hyundai Nepal
नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । यदि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने हो भने लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय अवस्थाको बारेमा अवश्य जानकारी राख्नुपर्दछ । आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय, मुनाफा, आम्दानीको अवस्था, सेयरधनीलाई वितरण गर्न छुट्याइएको मुनाफा अंश, जगेडा कोष, चुक्तापुँजी, इपीएस, नेटवर्थ र पीई रेसियो जस्ता सूचकहरुको विषयमा जानकारी राख्न आवश्यक पर्छ ।

सेयर बजारमा दुईथरि लगानी हुन्छन् । सर्ट टर्म इन्भेष्टमेन्ट र लङ टर्म इन्भेष्टमेन्ट । संस्थागततर्फका लगानीकर्ताले विशेषतः दीर्घकालिन लगानी गरेका हुन्छन् भने व्यक्तिगत लगानीकर्ताले अल्पकालिन लगानीमा बढी जोड दिएका हुन्छन् । पुराना तथा बुझेका लगानीकर्ताले भने फन्डामेन्टल रुपमा राम्रा कम्पनीहरुमा लगानी गरी त्यसबाट प्राप्त लाभांशबाट पोर्टफोलियो बढाएका हुन्छन ।  

पछिल्लो समय बजारमा अल्पकालिन लगानीकर्ताको हाबी छ । वित्तीय अवस्थाबाट राम्रा कम्पनीभन्दा पनि चर्चाको आधारमा लगानीकर्ताले नबुझेरै लगानी गरेका हुन्छन् । जसबाट त्यस्ता लगानीकर्ताको लगानी डुब्न सक्ने जोखिम बढी हुन सक्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीहरुको वित्तीय अवस्था राम्रो भएका कम्पनीमा लगानी गर्दा दीर्घकालिनका लागि उचित हुन सक्ने बजार जानकार तथा सेयर विज्ञहरु बताउँछन् । कम्पनीको नेटवर्थ (बुक भ्यालु) र प्रतिसेयर आम्दानी (इपीएस) राम्रा भएका कम्पनीमा लगानी गर्दा सेयरभाउमा ह्वात्तै उतारचढाव नआउने हुँदा जोखिम कम हुने बजार जानकारहरुको भनाई छ ।  

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) र बजार मूल्यबीच तुलना गरेर खरिदबिक्री गर्नु राम्रो मानिन्छ । यदि कम्पनीको नेटवर्थ धनात्मक भएको अवस्थामा कम्पनीको वित्तीय स्वास्थ्यसँगै लगानी समेत सुरक्षित रहेको बुझिन्छ ।  

दोस्रो बजारमा प्रतिसेयर नेटवर्थ र सेयरभाउको सम्बन्ध सकारात्मक हुन्छ । नेटवर्थ बढ्दा सेयरभाउ बढ्ने र नेटवर्थ घट्दा सेयरभाउ समेत घट्ने हुन्छ । कुनै पनि कम्पनी लगातार घाटामा गएर संचित नोक्सानी बढ्दै गई सेयरपुँजीभन्दा संचित नोक्सानी बढी भएमा नेटवर्थ ऋणात्मक हुन जान्छ । कम्पनीको सेयर संख्या बढ्दै जाँदा यता प्रतिसेयर नेटवर्थ घट्दै जाने हुन्छ । कम्पनीले बोनस सेयर, हकप्रद सेयर वा एफपीओ जारी गर्दा सेयर संख्या बढ्न गई बुकभ्यालु घट्न जान्छ ।  

दोस्रो बजारमा धनात्मक र उच्च नेटवर्थ भएका कम्पनीको सेयर खरिद गर्नु लगानीको दृष्टिकोषणबाट सुरक्षित मानिन्छ । कम्पनीको चुक्तापुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ ।

दोस्रो बजारमा कुनै पनि कम्पनीको लगानी गर्नुअघि प्रतिसेयर नेटवर्थलाई राम्रोसँग अध्ययन गरेर मात्रै लगानी गर्नुपर्दछ । दोस्रो बजारमा सेयरमा लगानी गर्नका लागि कम्पनी छनौट गर्दा नेटवर्थ र बजार मूल्यको फरक न्यून भएका वाबजार मूल्य र नेटवर्थको अनुपात तुलनात्मक रुपमा कम भएका र धनात्मक नेटवर्थ भएका कम्पनी छनोट गर्नु उपयुक्त हुने बजार जानकारहरु बताउँछन् ।

साथै, दोस्रो बजारको जानकारी भएका लगानीकर्ताहरुले लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) समेत हेर्ने गर्दछन् । इपीएस पनि लगानीको लागि एक महत्वपूर्ण सूचक मानिन्छ । इपीएसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने गर्दछ ।  

इपीएसले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधारको रुपमा इपीएसलाई लिइन्छ । बजार बुझ्ने लगानीकर्ताहरुले कम्पनीको इपीएसबाटै कम्पनीले कतिसम्म लाभांश दिन सक्ने क्षमता राख्छ, त्यसको अनुमान लगाउन सक्छन् ।  

निर्जीवन बीमा कम्पनीको इपीएस र नेटवर्थको अवस्था

जीवन बीमा कम्पनीहरुको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको प्रतिसेयर आम्दानी र नेटवर्थ धेरै हुने गर्दछ । गत आर्थिक वर्षको अन्तिमसम्ममा सबैभन्दा बढी इपीएस र नेटवर्थ राष्ट्रिय बीमा कम्पनीको छ । कम्पनीको इपीएस २३५.२७ रुपैयाँ छ भने नेटवर्थ १६३२.१० रुपैयाँ छ ।  

त्यस्तै, दोस्रोमा  नेपाल इन्स्योरेन्सको छ इपीएस ४२.६१ रुपैयाँ र नेवटर्थ २१५.८१ रुपैयाँ छ । यता नेको इन्स्योरेनसको इपीएस पनि ३४.०७ रुपैयाँ र नेटवर्थ २७२.८१ रुपैयाँ छ ।  

त्यस्तै, प्रभु इन्योरेनसको इपीएस ३४.०५ रुपैयाँ र नेटवर्थ २२२.१९ रुपैयाँ, सिद्धार्थ प्रिमियरको इपीएस २४.६७ रुपैयाँ र नेटवर्थ २७३.५० रुपैयाँ, हिमालयन एभरेष्टको इपीएस २६.७२ रुपैयाँ र नेटवर्थ १९१.८३ रुपैयाँ, सगरमाथा लुम्बिनीको इपीएस २३.२२ रुपैयाँ र नेटवर्थ २४२.०४ रुपैयाँ, शिखर इन्स्योरेन्सको इपीएस १९.३२ रुपैयाँ र नेटवर्थ २०४.५९ रुपैयाँ रहेको छ ।  

यसका साथै एनएलजी इन्स्योरेन्सको इपीएस १९.३२ रुपैयाँ र नेटवर्थ २१५.८१ रुपैयाँ, सानिमा जिआइसीको इपीएस १६.५४ रुपैयाँ र नेटवर्थ १४९.३१ रुपैयाँ, युनाइटेड अजोडको इपीएस १८.३५ रुपैयाँ र नेटवर्थ ११७.७२ रुपैयाँ र आइजीआई प्रुडेन्सियलको इपीएस २०.२१ रुपैयाँ र नेटवर्थ १८७.७० रुपैयाँ रहेको छ ।  

नोटः प्रस्तुत समाचारमा उल्लेख गरिएका बीमा कम्पनीहरु कारोबार गर्न सुझाव गरिएको होइन । लगानीकर्ताहरुले आफैंले विश्लेषण गरेर सेयर खरिदबिक्री गर्नु नै उपयुक्त मानिन्छ ।)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.