शनिबार, फाल्गुन १०,२०८१ 04:22:02
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:22:02
IME remit
Global IME Bank Limited

विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र

Hyundai Nepal
विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र
Nabil Bank Limited

काठमाण्डौ । यदि तपाईं सेयरबजारबाट  राम्रो कमाई गर्न चाहनुहुन्छ भने तपाईंले सेयर बजार र यसमा लगानी गर्दा अपनाउनुपर्ने आधारभूत कुराहरुमा बढी ध्यान दिनुपर्छ । यी यस्ता नियम हुन्, जसलाई बजारमा सफल हुने लगानीकर्ताले लगातार पछ्याउँछन् ।

विश्व बजारमा सेयरका बादशाह भनेर चिनिने वारेन बफेट लगायतका सेयरका खेलाडीहरु जस–जसले सफलता पाएका छन्, उनीहरुको सफलताका केही कुराहरु समान छन् । लगानीका यी साझा मन्त्रहरुका कारण सेयरका यी बादशाहहरुको लगानी रकम अहिले कयौं गुणा बढिसकेको छ । यति धेरै सम्पत्ति उनीहरुले सेयरमा बुद्धिमतापूर्वक लगानी गरेरै आर्जन गरेका हुन् ।  

हेरौं सेयर बजारमा प्रवेश गरेर सफल खेलाडीहरुले बनाएका ६ महत्वपूर्ण लगानी मन्त्रहरुः

Shivam Cement
CG Motors
Sagarmatha Cement

अरुलाई नपछ्याउनुहोस्, अरुले पछ्याउने बन्नुहोस्

अरुले कुनै कम्पनीको सेयरमा लगानी गरिरहेका कारण मात्रै तपाईं पनि त्यसमा पैसा हालिरहनुभएको छ भने त्यो तपाईको महाभूल हुनेछ । अरुलाई  हेरेर लगानी गर्न थाल्नुभयो भने तपाईं सेयरबाट मालामाल होइन, कंगाल बन्न बेर लाग्दैन । सेयर बजारमा सफल हात पार्ने एक सूत्र हो, पूँजीबजारका कुनै पनि खेलाडीलाई तपाईंले पछ्याउन नपरोस्, बरु तपाईलाई अरु लगानीकर्ताले पछ्याउन् ।  

वारेन बफेटले पनि भनेका छन् कि जब तपाईंको छेउको व्यक्ति लालचमा आइरहेको छ भने तपाई चाहि सतर्क बन्नुपर्छ । यस्तै, यदि अर्को कुनै व्यक्ति सतर्क हुन खोजिरहेको छ भने सोच्नुुहोस्, उसले कमाउने बिषयमा सोच्न थालिसकेको छ ।  

लगानीका लागि उपयुक्त समय नपर्खनुहोस्

वारेन बफेट वा अन्य सेयर खेलाडीहरुले समेत भनेका छन् कि लगानीका लागि बजारमा कुनै खास समय भन्ने हुँदैन । उनीहरुका अनुसार लगानीका सबै समय सही समय हो । बफेटका अनुसार बजारमा लगानीको अवसर आउला भनेर प्रतिक्षा गर्नु पनि मूर्खता र भूल हो । यस्ता मानिस सेयरमा सफल बन्नै सक्दैनन् । यदि कुनै पनि राम्रो कम्पनीको सेयर राम्रै मूल्यमा छ भने पनि त्यसमा लगानी गर्न डराउनुहुन्न । कारण, यस्तो सेयर भोलि माथि उक्लिने त छँदैछ, यस्ता कम्पनीको सेयरले तपाईलाई रिटर्न पनि राम्रै दिन्छ । 

बजारमा तपाईंले खरीद गर्न चाहेको समयमा निरन्तर दवाब देखिइरहेको छ भने पनि नअत्तालिनुहोस् र बुद्धिमतापूर्वक राम्रो कम्पनीको सेयरमा लगानी गर्नुहोस्  । सेयर विज्ञहरुका अनुसार आम लगानीकर्ता सही समय आउँछ र लगानी गरौंला भनेर बस्छन, तर त्यस्तो समय कहिल्यै आउँदैन र लगानी गर्ने अवसर नै गुमाउँछन । अनि जब समय बित्छ र बजारको चाल देखेर निकै उच्च स्तरमा पुगेको सेयरमा लगानी गरिदिन्छन् र घाटा व्यहोर्न बाध्य हुन्छन् ।  

एकैपटक सबै रकम नहाल्नुहोस्  

पूँजीबजारमा अक्सर उतारचढाव भइरहन्छ । यस्तो अवस्थामा नाफा कमाउने तेश्रो नियम पनि हुन्छ, त्यो हो पूरा पैसा एकैसाथ कहिल्यै पनि भूलेर लगानी नगर्ने । यदि कुनै सेयरमा तपाईं लगानी गर्न चाहनुहुन्छ भने तपाईंसँग भएको कुल रकमलाई कयौं हिस्सामा बाँड्नुहोस् र क्रमशः थोरै थोरै रकमको मात्र खरीदारी गर्नुहोस् । यदि सेयरमा गिरावट आयो भने खरिदारी जारी नै राखेर तपाईंले सो बेला खरीदको अनुपात वा गति चाहि घटाउनुपर्ने हुन्छ ।  

लक्ष्यप्रति बढी व्यवहारिक र जिम्मेवार  

नेपालको पूँजीबजारमा वार्षिक रुपमा निकै राम्रो रिटर्न दिने सेयरको कुनै कमी छैन । तर, सबै सेयरहरुबाट उस्तै रिटर्नको अपेक्षा गर्नु गलत सोंचाई हो । मजबुत सेयरमा स्थिर ढंगले बढोत्तरी भएको देख्न सकिन्छ । यस्तो अवस्थामा बजारको सुरक्षित लगानी निकै बलियो र चर्चित सेयरमा कम समयमा धेरै ठूलो रिटर्नको संभावना पनि निकै कम हुन्छ ।  

तर, लामो समयसम्म कुर्न सक्नुभयो भने यस्ता सेयरले तपाईंलाई निकै शानदार र अपेक्षा नै नगरिएको रिटर्न दिन्छ । यदि बजारमा तपाईंले गरेको लगानीको रिटर्न बार्षिक १५ प्रतिशत र त्यसभन्दा माथि भइरहेको छ भने यसलाई राम्रो संकेत मान्नुपर्दछ ।  

भावनामा नबहकिने, दिमाग लगाएर काम गर्ने

पूँजी बजारमा धेरै मानिसहरु रातारात करोडपति हुने सपना सँगालेर प्रवेश गर्छन । तर वास्तविकता चाहि बजारमा तीव्र गतिको प्रगति मात्र हुँदैन, तीव्र गतिको क्षति समेत व्यहोर्नुपर्ने हुनसक्छ । बजारमा लगानी गर्नुपूर्व आफ्नो लगानीको स्तरको बिषयमा अनुसन्धान गर्नुपर्छ । यदि तपाईंले कसैको सल्लाहमा काम गरिरहनुभएको छ भने जान्ने कोशिश गर्नुपर्छ कि सल्लाह दिनेले आफूलाई कुन आधारमा सल्लाह दिइराखेको छ । सबै कुरा बुझेर एकपटक निर्णय लिएपछि त्यसलाई बारम्बार बदल्ने भूल नगर्नुहोस् । दिमाग लगाएर सेयरको छनौट र त्यसमा लगानीको उचित निर्णय लिनुपर्छ ।  

बजारमा कुनै पनि कम्पनीको सेयरमा तपाईं जानुभन्दा अगाडि अरु कसैले लगानी गरेर कमायो भनेकै भरमा लगानी गर्नुहुँदैन । त्यसकारण तपाईंले लगानी गर्न लागेको सेयरमा पैसा हालेर आगामी दिनमा तपाईं आफूले चाहि पैसा कमाउनुहुन्छ या हुँदैन भन्ने कुराको गहन अध्ययन, अनुसन्धान गरेर मात्र पैसा हाल्नुपर्छ ।  

लामो समयको लगानीमा समझदार र धैर्यवान बन्नुपर्छ

छोटो अवधिका लागि लगानी गर्ने लगानीकर्ताहरु बजार बढ्नुअघि नै बढ्ने आँकलनमा लगानी सुरु गर्छन र बजार तल झर्छ भन्ने आशंका जन्मिएपछि आफ्नो नाफा सुरक्षित गरेर केही दिनमै बिक्री गरिदिन्छन । यसको अर्थ, लामो समयका लागि लगानी गर्नेहरुले नै बजारको वास्तविक बढाईको वास्तविक फाइदा लिइरहेका हुन्छन् । तसर्थ, सेयर बजारमा लगानीबाट राम्रो रिटर्न पाउन लगानीकर्ता धैर्यवान पनि हुनुपर्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.