शनिबार, श्रावण २,२०८३ 04:07:39
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:07:39
Bizshala
Global IME Bank Limited

लाभांश पारितको मुख्य अजेण्डासहित स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

लाभांश पारितको मुख्य अजेण्डासहित स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असोज ३० गते बुधबार बसेको सञ्चालक समितिको ४४१ औं बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा कार्तिक ३० गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८०/८१ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै हालको जारी तथा चुक्ता पूँजीबमोजिमको बोनस सेयर जारी गरेर जारी तथा चुक्ता पूँजी  १ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने, बोनस सेयर जारी गर्दा हुने जारी तथा चुक्ता पूँजीको वृद्धि अनुरुप हुने गरी प्रबन्धपत्रको संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा अन्य ईजाजतपत्रप्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । 

यस्तै अध्यक्षद्धारा प्रस्तुत आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभाको प्रयोजनको लागि कम्पनीले कात्तिक ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.