शनिबार, फाल्गुन १०,२०८१ 08:15:22
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:15:22
IME remit
Global IME Bank Limited

वाणिज्य बैंकले दुई महिनामै कमाए साढे १७ अर्ब नाफा, सर्वाधिक कमाउने नबिल र वृद्धिदरमा नेपाल एसबिआई

Hyundai Nepal
वाणिज्य बैंकले दुई महिनामै कमाए साढे १७ अर्ब नाफा, सर्वाधिक कमाउने नबिल र वृद्धिदरमा नेपाल एसबिआई
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुले ६.२७ प्रतिशतले मुनाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आवको दुई महिना अवधिसम्ममा ६ प्रतिशतले नाफा बृद्धि गरेका हुन् ।  

बैंकहरुले भदौ मसान्तसम्ममा १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको यसै अवधिसम्म बैंकको कुल मुनाफा १६ अर्ब ६४ करोड रुपैयाँ थियो ।  

भदौ मसान्तसम्ममा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन, कुमारी बैंकको नाफा अर्ब भन्दा बढी छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआइसी एशिया, कुमारी बैंक र ग्लोबल आइएमई बैंक गरी ६ वटा बैंकको नाफा भने गत आवको तुलनामा घटेको छ ।  

सर्वाधिक नाफा कमाउनेमा भने नबिल बैंक नै पहिलो सूचीमा छ । चालु आवको दुई महिनामा नबिलले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत साउनमा मात्रै बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफाकै आधारमा दोस्रो स्थानमा भने ग्लोबल आइएमई बैंक देखिएको छ । ग्लोबल आइएमईले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत साउनमा सर्वाधिक नाफा ८९ करोड २४ लाख रुपैयाँ कमाएको थियो । तर, भदौ अन्तसम्म आइपुग्दा भने दोस्रो पोजिशनमा पुगेको हो ।

गत साउनमा पाँचौं स्थानमा रहेको एनआइएमबि बैंक पनि भदौमा भने तेस्रो स्थानमा आएको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । साउनमा भने बैंकले ५७ करोड ७५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।

चौंथो स्थानमा रहेको हिमालयन बैंकले पनि दुई महिनाको अवधिमा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । पाँचौं स्थानमा फड्को मारेको कुमारी बैंकले भने १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकासले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, एनएमबि बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

कुनले कति बढाए नाफा ?

गत आवको तुलनामा चालु आवमा सर्वाधिक नाफा बृद्धि गर्नेमा नेपाल एसबिआई बैंक रहेको छ । बैंकले ९५।६० प्रतिशतले नाफा बृद्धि गरेको छ । गत आवको भदौ महिनासम्ममा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको भदौ मसान्तसम्ममा ५३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

त्यस्तै, कृषि विकास बैंकले पनि ४४.०९ प्रतिशतले नाफा बढाएको छ । गत आवमा ६१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको कृषिले चालु आवमा ८८ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

यसका साथै, सानिमा बैंकले ३४.६० प्रतिशत, प्रभु बैंकले ३७.५० प्रतिशत,  सिटिजन्स बैंकले ३३.१० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २४.१३ प्रतिशत, एभरेष्ट बैंकले १५.८५ प्रतिशत, प्राइम कमर्सियल बैंकले १५.५१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १.१२ प्रतिशत, नबिलले ६.१६ प्रतिशत, माछापुच्छ्रेले ४.२७ प्रतिशत, लक्ष्मी सनराइजले ६.२० प्रतिशत, सिद्धार्थले ३.२५ प्रतिशत र एनएमबिले १.७२ प्रतिशतले नाफा बढाएका छन् ।  

त्यस्तै, गत आवको तुलनामा सबैभन्दा धेरै नाफा घट्नेमा भने एनआइसी एशिया बैंक रहेको छ । गत आवको दुई महिनामा ८० करोड ५ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको दुई महिनामा जम्मा ५७ करोड ७५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २७.८५ प्रतिशत कम हो ।  

त्यस्तै, नेपाल बैंकको ४.०९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९६ प्रतिशत, हिमालयन बैंकको ५.२२ प्रतिशत, कुमारी बैंकको ५.२६ प्रतिशत र ग्लोबल आइएमई बैंकको १०.८० प्रतिशतले नाफा घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.