बुधबार, चैत्र २०,२०८१ 02:37:27
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:37:27
IME remit
Global IME Bank Limited

आशा लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

Hyundai Nepal
आशा लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक ८ गते बिहिबार बसेको सञ्चालक समितिको १६० औं बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी मंसिर ७ गते बनेपामा रहेको होटल उग्रचण्डीमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । 

Shivam Cement
Bizshala
CG Motors

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.