Bizshala
  • सोमबार, पुष १४,२०८२ 06:32:14
Bizshala
Global IME Bank Limited

एनआईएमबीले नेपालमै पहिलोपटक ल्यायो भिसा वेयरेबल स्टिकर, डिभाइसमा ट्याप गरेरै भुक्तानी गर्न सकिने

Hyundai Nepal
एनआईएमबीले नेपालमै पहिलोपटक ल्यायो भिसा वेयरेबल स्टिकर, डिभाइसमा ट्याप गरेरै भुक्तानी गर्न सकिने
Shivam Cement

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआईएमबी)ले नेपालमै पहिलोपटक भिसा वेयरेबल स्टिकर अनावरण गरेको छ । बैंकले अलोफ्ट होटलमा भएको कार्यक्रममा नेपालकै पहिलो भिसा वेयरेबल स्टिकर ‘एनआइएमबी पेवेयर’ भित्र्याएको हो ।  

यो नयाँ पेमेन्ट सोलुसनमार्फत ग्राहकहरुलाई कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरणमा ट्याप गरेको आधारमा कन्ट्याक्टलेस कारोबार गर्न सक्नेछन् । यो नयाँ भुक्तानी प्रणाली नेपाली डिजिटल भुक्तानी प्रणालीका लागि नयाँ युग भएको बैंकले जनाएको छ ।  

आज भएको लञ्च इभेन्टमा बैंकको व्यवस्थापन टीम र पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा एनआईएमबी पेवेयरले ग्राहकहरुलाई कार्ड र मोबाइल वालेट नबोकी कसरी छिटो, भरपर्दो र सुरक्षित कारोबार गर्न सकिन्छ भनेर प्रस्तुतीकरण गरिएको थियो ।

 

CG Motors
Bizshala
Garima Development Bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले एनआईएमबी पेवेयर नेपाली बजारका लागि गेम चेन्जर भएको बताए । उनले यो प्रविधि नेपाल भित्र्याउने पहिलो बैंक बनेकोमा उत्साहित भएको समेत धारणा राखे ।  

एनआइएमबी पेवेयरले प्रयोगकर्ताहरूलाई वेयरेवल स्टिकरलाई पहिरन मिल्ने जस्तै घडी,कि–चेन, वा फोनकेस जस्ता कुनै पनि व्यक्तिगत वस्तुमा जोड्न अनुमति दिन्छ । ग्राहकहरुले यसमार्फत कुनैपनि पीओएस टर्मिनलबाट कन्ट्याक्टलेस भुक्तानी गर्न सक्छन् ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

नेपाल राष्ट्र बैंकको नियम अनुसार ५ हजार माथिको कन्ट्याक्टसलेस भुक्तानीका लागि पिन नम्बर आवश्यक पर्छ ।  

एनआईएमबी पेवेयरको लञ्चका अवसरमा बैंकले आकर्षक अफर ल्याएको छ । बैंकले यो प्रविधिका लागि आवेदन दिने ग्राहकहरू

पहिलो तीन महिना भित्र १२ टर्मीनल पीओएस कारोबारका लागि १ हजार रुपैयाँबराबरको वेयरेवल रकम रिफन्ड हुने जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.