काठमाण्डौ । गत असोज ११ गते आएको बाढीका कारण बन्द भएको तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ भित्रिन थालेको छ। असोज ११ गतेको बाढीका कारण तातोपानी नाकाका २ वटा पुल बगाएको थियो ।
सडक खुलेसँगै तिहारलक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन्।
यस्तै नाका खुलेपछि करिब एक दर्जन गाडी छुटेका छन् भने ५० जति भन्सारमा आएर जाँचपास गरेका छैनन् ।