शनिबार, फाल्गुन १०,२०८१ 04:26:46
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:26:46
IME remit
Global IME Bank Limited

सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी

Hyundai Nepal
सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय धेरैले सेयर बजारतर्फ ध्यान दिन थालेका छन् । कतिपयले सेयरबजारमै राम्रो कमाई पनि गरिरहेका छन् । तर, कतिपय अवस्थामा बजार बढ्दा समेत लगानीकर्ताले भनेजस्तो फाइदा लिन पाउदैनन्, यसको मुख्य कारण भनेकै सेयर बजारलाई निकै जटिल रुपमा बुुझ्नुु हो । तर, वास्तविकता केही भिन्न छ । तपाईले केही निकै सामान्य कुराहरुमा ध्यान दिएर लगानी गर्न थाल्नुुभयो भने बजारबाट राम्रो कमाई मात्र गर्न सक्नुुहुन्न, एक राम्रो साइड विजिनेश समेत खडा गर्न सक्नुुहुन्छ ।  

१.रुचाइएको सेयरमा ध्यान

ब्रोकरेज हाउस तथा बजार विज्ञहरुले अनलाइन तथा संचारका अन्य माध्यमहरुमा नियमित रुपमा सुुझावहरु दिइरहेका हुन्छन् । सुरुवातमा तपाईले यस्ता सल्लाह र सुुझावतर्फ ध्यान दिनुुहोस् । यसका लागि मिडियामा आएका कुराहरुलाई केही समयसम्म मिहीन ढंगले अध्ययन गर्नुपर्छ । यसमा कतिपय कम्पनी यस्ता छन्, जसको सेयर खरीद गर्ने सल्लाह एकभन्दा बढी ब्रोकरेज हाउस तथा विज्ञहरुले दिइरहेका हुन्छन् । यस्ता सेयरलाई रुचाइएको सेयर मान्नुपर्छ र यस्ता सेयरमा तपाईले लगानी गर्दा जोखिम कम हुन्छ । किनभने कुनै पनि एउटा कम्पनीको सेयरको बिषयमा धेरैबाट सकारात्मक प्रतिक्रिया आउनुु भनेको सो सेयरमा लगानीको वातावरण बन्नु हो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

२.एकदिने कारोबारमा यस्तो रणनीति

प्राय बजारका ज्ञाताहरुले सुरुवाती लगानीकर्तालाई एकदिने सेयर कारोबारबाट टाढै रहन सल्लाह दिन्छन् । तथापि, नवप्रवेशी लगानीकर्ता राम्रो रिटर्नको आशामा एकदिने सेयरको कारोबार गर्न चाहन्छन् । विज्ञहरुका अनुसार बजारमा हुने एकदिने कारोबारमा कतिपय अवस्थामा यस्तो तत्वको असर भइरहेको हुन्छ, जसको कसैले अनुमान नै गरेको हुँदैन । जस्तै, ग्लोबल उतारचढाव, घरेलु तनाव, अनपेक्षित राजनीतिक परिवर्तन तथा बजारमा फैलाइने संगठित अफबाह ।  

यस्तो अवस्थामा नवप्रवेशीहरुले यस्तो सेयरमा लगानी गर्नुपर्छ, जसमा विज्ञ तथा ब्रोकरेज हाउसहरुले एकदिने सँगै दीर्घकालीन लगानीका लागि समेत त्यही सेयरलाई छनौट गर्ने सल्लाह दिएका हुन् । यस्तो दोहोरो रणनीतिले तपाईको लगानीको जोखिम घटाइदिनेछ । किनभने यदि एकदिने कारोबारमा तपाईले अपेक्षा गरेजस्तै तपाईको सेयरले कारोबार गर्यो भने तपाईले सोचेजस्तै फाइदा पाउनुुहुन्छ, अपेक्षित कारोबार गरेन भने पनि तपाईले नोक्सानी नै व्यहोर्नुपर्दैन, कारण लामो अवधिका लागि भनेर खरीद गरिएको त्यही कम्पनीको सेयरले भविष्यमा तपाईलाई राम्रो प्रतिफल दिई वर्तमानको नोक्सानको क्षतिपूर्ति गरिदिनेछ ।  

३.आइपीओमा ध्यान

नवप्रवेशी लगानीकर्ताहरुका लागि आइपीओ एक सहज र सरल लगानीको अवसर हो । सुरुवातमा आइपीओमा लगानी गरेर बजारमा प्रवेश गर्न सकिए जोखिम कम हुन्छ । पछिल्लो समय धनाढ्य तथा संस्थागत लगानीकर्ताहरुको मात्र बोलवाला चल्ने आइपीओलाई धितोपत्र बोर्डले साना लगानीमैत्री बनाइदिएको छ । सार्वजनिक निश्कासनको संसोधित निर्देशिकामार्फत आइपीओ पाउने सरल नियम आएकाले समेत यसमा लगानी गर्नु अवसरको ढोका खोल्नुु हो । १० कित्ता प्रत्येक आवेदकलाई अनिवार्य दिने र बढी भएको सेयर समेत समानुुपातिक ढंगले वितरण गर्ने नियमले आइपीओमा नवप्रवेशीहरुको अवसर अझ फराकिलो बनेको छ ।  

४.पर्खिएर थोरै–थोरै लगानी

सबै  विज्ञहरुले यही सल्लाह दिन्छन् कि कुनै पनि लगानीकर्ताले आफूसँग भएको सबै रकम एउटै कम्पनी वा एकै खाले सेयरमा कहिल्यै पनि लगानी गर्नुहुँदैन । एकैपटक पूरा पैसा पनि लगाउनुुहुन्न । विभिन्न कम्पनीहरुमा क्रमशः सानो–सानो रकम लगानी गर्दै जानुपर्छ । एक्सपर्टका अनुसार यदि तपाई एकवर्षका लागि लगानी गर्न चाहिरहनुुभएको छ भने एक महिना समय लिएर प्रत्येक दिनजसो अवस्था हेर्दै, कम्पनीको अवस्था बुुझ्दै थोरै थोरै लगानी गर्दै जानुुपर्छ । अहिले लगानी गरेर २ वर्षसम्म सेयर बिक्री नगर्ने सोंच बनाउनुुभएको छ भने २ महिना समय लिएर सो अवधिमा राम्रो कुरा बुुझी सानो–सानो रकम लगानी गर्दै जानुुपर्छ ।  

लगानीको यो रणनीतिले तपाईलाई धेरै फाइदा दिन्छ । यदि बजारमा वा तपाईले ध्यान दिइरहेको कम्पनीमा हठात ठूलो गिरावट आयो भने तपाईले लगानीको रणनीतिमा संसोधन गर्ने समय पाउनुहुन्छ । बजार एक्कासी घट्दा वा बढ्दा नै तपाईको यो रणनीतिले काम गर्छ ।  

५.कसको सल्लाह मान्ने ?

बजारमा लगानीका लागि सुरुमै तपाई सबै हिसाबले उत्कृष्ट रिसर्च गर्न असंभव हुन्छ । यहीकारण अधिकांश लगानीकर्ता बजारका विज्ञ तथा ब्रोकरेज हाउसको सल्लाहमै काम गरिरहेका हुन्छन् । राम्रो रिटर्नको दाबी गर्दै सामाजिक सञ्जालमा हुने हल्ला, फैलाइने अफबाह, तपाईको मोवाइलमा आउने एसएमएस वा कलबाट सजग हुनुुपर्छ ।  

जुन ब्रोकरेज हाउसमा तपाईको अकाउण्ट छ र समय समयमा त्यसले तपाईलाई सल्लाह दिइरहन्छ भने यस्ता सल्लाहहरुलाई चाहि तपाईले लगानीको सूचिमा सामेल गराउन सक्नुहुन्छ ।  

ध्यान राख्नुुहोस्, सेयर बजारमा लगानीको आफ्नै खालको जोखिम हुन्छ । लगानीको कुनै पनि सल्लाहले रिटर्नको ग्यारेण्टी गर्न सक्दैन । यस्तो अवस्थामा लगानीकर्ताले बजारको विज्ञ बन्ने कोशिश गर्नु उचित हुन्न, आफ्नो लगानीप्रति सधैं सजग हुनु चाहि लगानीकर्ताको धर्म तथा जिम्मेवारी नै हो । यस्तो सजगता चाहि अपनाइरहनुुपर्छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.