काठमाण्डौ । नागढुङगा सडक आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म उक्त सडक बन्द गरिन लागेको हो ।
उक्त सडकखण्ड बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुनेछ । उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने छ । यसैगरी २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
यस्तै आयोजनाले सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आग्रह गरेको छ ।