काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक रहि सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना(सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किम) खुल्लामुखी सामुहिक लगानी कोष योजनाको आकार रु. १ अर्ब नाघेको छ ।
यो योजना २०७८ असार १६ गतेबाट रु. २० करोडको आकारबाट सुरु भएको थियो । यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९ हजार इकाईधनीहरु आवद्ध रहेका छन् ।
असोज मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ती मुल्य(न्याभ) रु.११.३० रहेको छ । व्यवस्थित लगानी योजनामा लाभाशं पुनःलागनी हुने, सजिलै खरिद बिक्री हुने, इकाईको खरिद तथा बिक्री खुद सम्पत्ति मुल्यमा हुने जस्ता बिशेषताहरु रहेको छन् ।