काठमाण्डौ । गरिमा समृद्धि योजना सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्रले स्वीकृती दिएको छ ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा रु १ अर्बबराबरको ‘गरिमा समृद्धि योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएको हो ।
यो योजना निष्कासनका लागि बोर्डले साल मंसिर महिना ०५ गते स्वीकृती दिएको हो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा क्यापिटलले जनाएको छ ।
यो योजनाको अवधि १० वर्षको हुनेछ । यो योजना एक्सचेन्ज लिमिटेडमा सूचिकृत गरी कारोवारको व्यवस्था गरिनेछ ।