काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
आज एक यूरोको खरिददर १४२.१५ रुपैयाँ र बिक्रीदर १४२.७८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.५४ रुपैयाँ र बिक्रीदर १७१.३० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१३ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ कायम भएको छ ।