बुधबार, बैशाख २,२०८३ 10:50:24
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:50:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ईभी निर्माता नेटालाई राहात, स्थानिय सरकारले सहायता प्रदान गर्ने

Bizshala
ईभी निर्माता नेटालाई राहात, स्थानिय सरकारले सहायता प्रदान गर्ने
Shivam Cement

काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको चिनियाँ अटो निर्माता कम्पनी नेटालाई चीनको स्थानिय सरकारले सहायता प्रदान गर्ने भएको छ ।  

नानिङ इन्डष्ट्रियल इन्भेष्टमेन्ट ग्रुप नामक कम्पनीले आपूर्ति श्रृंखला वित्तीय सहायता प्रदान गर्न नेटाको माउ कम्पनी होजोन अटोसँग रणनीतिक साझेदारी गरेको छ ।  

यो ग्रुपले नेटलाई कच्चा प्रदार्थ जुटाउन सहयोग गर्नुका साथै उत्पादन,लजिस्टीक र केडी(नक्ड डाउन)किट निर्यात गर्न सहयो ग गर्नेछ । यसका साथै ग्रुपले अन्तराष्ट्रिय बजार विस्तार तथा विदेशमा बिक्री गर्ने मोडहरुको उत्पादन र डेलिभरीमा समेत सहयोग गर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नानिङ इन्भेष्टमेन्ट ग्रुपको स्थापना नानिङ शहरको स्थानिय सरकारको नेतृत्वमा सन् २०१३ नोभेम्बर मा भएको थियो । यसको मुख्य व्यवसाय भनेको औद्योगिक लगानी र पार्क निर्माण,सञ्चालन र व्यवस्थापनका साथै सम्पत्ति सञ्चालन तथा व्यवस्थापन रहेको छ ।  

यस्तै होजोनको स्थापना सन् २०१४ अक्टोबरमा भएको थियो । यसलाई सन् २०१७ मा चीनको आर्थिक योजनाकारहरुले मान्यता दिएका थिए ।  

नेटा ब्राण्डले चीनमा नेटा एक्स,नेटा जिटी,नेटा एस,नेटा अया र नेटा एल बिक्री गर्दै आएको छ । यी मोडहरुको मूल्य १ लाख चिनियाँ युआउदेखि २ लाखसम्म रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

होजोनले गत जुन महिनामा हङकङमा सूचिकृत हुन आवेदन दिएको थियो । तर यस विषयमा थप प्रगति हुन सकेको छैन । त्यसयता कम्पनीको सञ्चालनमा कठिनाई आईरहेको छ ।  

नेटाले यो समस्याको समाधानका लागि ७० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने योजना बनाएको चिनिया मिडियाले बताएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.