काठमाण्डौ । राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै तथ्याङ्क व्यवस्थापनमा समस्या आएपछि राहदानी सेवा प्रवाह प्रभावित भएको जनाएको छ ।
‘राहदानीको तथ्याङ्क व्यवस्थापनमा केही समस्या देखा परेको कारण राहदानी विभाग, जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा समेत राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको छ ।
यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ । साथै, उक्त समस्या समाधानका लागि प्राविधिकहरूको टोलीले निरन्तर काम गरिरहेको र छिटै सेवा पुनः सुचारू गरिने ब्यहोरा समेत विनम्र अनुरोध छ,’ विभागद्वारा जारी सूचनमा उल्लेख गरिएको छ ।